काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको छ ।
यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ । नुहाउने क्रममा उनी डुबेका हुन् । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
पाल्पामा एक पुरुष मृत फेला
सुकेधारामा पुरुष मृत फेला
चितवनमा एक पुरुषको शव फेला