काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि जलविद्युत् उपयुक्त वातावरण भएको बताएका छन्। सोमबारबाट काठमाडौंमा सुरु भएको ३७औं एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई) सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका हुन्।
अर्थमन्त्री महतले सम्मेलनपश्चात नेपालमा लगानीबारे थप स्पष्टता आउने विश्वास व्यक्त गरे। उनले भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने बताए। आउँदा दिनहरुमा नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको भन्दै अर्थमन्त्री महतले जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा राम्रो अवसर हुने बताए।
भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए। बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको बताए।
महतले पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर रहेको भन्दै लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरे। यस्तै, लगानीका लागि सूचना प्रविधि क्षेत्र अर्को महत्त्वपूर्ण क्षेत्र भएको बताए। सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको बताउँदै अर्थमन्त्री महतले सम्मेलनमा उपस्थित विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै त्यसले नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्ने उनको भनाइ छ। ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी : अर्थमन्त्री
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री पौडेल
विद्युतको बिल प्राधिकरणले दिनुपर्छ, बक्यौता असुल गरेरै छाड्छौँ : अर्थमन्त्री पौडेल
सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैन: अर्थमन्त्री