चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश– विपदमा नेपाललाई सघाउन इच्छुक छौं

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, ११ : ५४
चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश– विपदमा नेपाललाई सघाउन इच्छुक छौं

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा गएको भूकम्पपछिको विपत्तिमा सघाउन इच्छुक रहेको बताएका छन् ।

जाजरकोटको भूकम्पपछि नेपाली राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै चिनिफिङले नेपालको कर्णाली प्रान्तमा गएको शक्तिशाली भूकम्पबाट ठूलो मानवीय तथा सम्पत्तिको क्षति भएको थाहा पाएर आफू स्तब्ध भएको भन्दै सहयोग गर्न इच्छुक रहेको बताएका छन् ।

चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना र शीघ्र स्वास्थ्य लाभको कामना गरेको नेपालस्थित चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

सीले भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै विपद्मा नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको बताएको पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस