काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइतेको उपचारमा कुनै कमी हुन नदिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिए। उनले आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोलीको व्यवस्था गर्ने बताए ।
उनले स्थानीय स्तरमा उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्ने जिकिर गरे । बस्नेतले आफू स्वास्थ्य मन्त्रीभएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकोले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमि नगर्ने जिकिर गरे ।
मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव
विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो : स्वास्थ्यमन्त्री पौडेल
नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्छ: मन्त्री थापा
स्वास्थ्य मन्त्री यादव जेनेभा जाँदै
सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
मेडिकल शिक्षा दिने तयारी गर्न टेकु अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन