काठमाडौँ । नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा किर्तिमान कायम भएको हो । बोर्डका अनुसार अक्टोबर महिनामै १ लाख १७ हजार पर्यटक भित्रिएका छन् ।
यसमध्ये सबैभन्दा धेरै छिमेकी भारतबाट १८ हजार ४८० जना पर्यटक भित्रिएका छन् । यस्तै, अमेरिकाबाट १४ हजार ८७९ जना, चीनबाट ८ हजार २७१ जना र बेलायतबाट ६हजार ८८० जना पर्यटक घुम्नलाई नेपाल आएका छन् ।
यस्तै यो महिना अष्ट्रेलियाबाट ६हजार ७५ जना, जर्मनीबाट ५ हजार ९१६जना र फ्रान्सबाट ५ हजार २२७ जना नेपाल आएका छन् । बंगलादेशबाट ४ हजार २९२ जना आउँदा श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना नेपाल घुम्न आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण
अब रारामा पर्यटक प्रहरी रहने
जनवरीमा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा