काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बर्खाले बिगारेको सडक, खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको बताएका छन् । मुख्य चाडपर्व दसैं-तिहार तथा छठ अघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने तयारी अनुरुप मन्त्रालय तथा सडक विभागले काम गरिरहेको उनले बताए ।
‘दसैँ अघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैं अघि यो सम्भव भएन’ मन्त्री ज्वालाले साेमबार संसदीय समिति बैठकमा भने, ‘५० प्रतिशत मात्र काम गर्न सक्यौं । बाँकी ५० प्रतिशत सडक तिहार अघि मर्मत गरि सक्छौ ।
खासगरी दसैं–तिहारका बेला सर्वसाधारण यात्रुहरुको सडक सुरक्षा तथा सहज यातायातको व्यवस्थामा यसपटक सरकारले निकै सावधानी अप्नाएको र त्यस्तो गम्भीर दुर्घटना हुन नपाएको मन्त्री ज्वालाले तर्क गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १२ : २७
लेखकबाट थप