कास्की। पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइ सकिएको उनले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्याउन सकिएको स्थानीय युवक लामिछानेले जानकारी दिए ।घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते
जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते
गोरखामा माइक्रो बस दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना