काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण 'प्रयोजनविहीन' भएको बताएका छन् । चार दिने नेपाल भ्रमणको क्रममा गएराति १ बजे नेपाल आएका महासचिव गुटरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजनविहीन’ भएको टिप्पणी गरेका हुन् ।
उनले यस भ्रमणबाट आफू आश्चर्यजनकसमेत रहेको जनाएका छन् ।‘अतिथिलाई स्वागत छ तर’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप छ । ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्।,
‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजनविहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।
आज प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा सोल्टी होटलमा दिने रात्रि भोजमा आमन्त्रित थापा सहभागी नहुनेसमेत स्रोतले जनाएको छ । सङ्क्रमणकालीन न्यायका धेरै काम टुङ्गो नलागिसकेको अवस्थामा यस्तो कार्यमा थापाको विमति रहेको बुझिएको छ ।
चार दिने नेपाल भ्रमणको क्रममा महासचिव गुटरेसले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनी नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने कार्यक्रमसमेत छ ।महासचिव गुटरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : अध्यक्ष थापा
संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा
अहिलेको संघीयताले देशलाई टाट पल्टाउँछ : कमल थापा
राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने समय आयो : कमल थापा