हङकङविरुद्ध नेपाललाई दोस्रो झट्का, सोमपाल ८ रन बनाएर पेवेलियन फर्किए

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, ११ : २८
हङकङविरुद्ध नेपाललाई दोस्रो झट्का, सोमपाल ८ रन बनाएर पेवेलियन फर्किए

काठमाडौं। त्रिदेशीय टी–२० सिरिजमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले दोस्रो विकेटको रूपमा सोमपाल कामीलाई गुमाएको हो ।

१२ बल खेलेका उनी ८ रन बनाएर आउट भए । यसअघि कुशल भुर्तेल आउट भएका थिए । तीन बल खेलेका उनी दुई रन बनाएर आउट भएका थिए ।अहिले आशिफ शेख र कप्तान रोहित पौडेल खेलिरहेका छन् ।६ ओभरको खेल सिकँदा नेपालले दुई विकेट गुमाएर ४० रन बनाएको छ ।

नेपालले यसअघि यूएईलाई ७ र हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेल जिते नेपाल सिरिजको फाइनलमा पुग्नेछ । नेपालले चार अंक जोड्दा यूएई र हङकङले अंक जोड्न सकेका छैनन् । तीन टिमबीच दुई दुई खेलपछि अंक तालिकामा शीर्ष दुईमा हुनेले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस