नेदरल्याण्ड्सविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, १० ओभरमा छैटौं सफलता

त्रिदेशीय टी–२० सिरिज

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १२ : ४८
नेदरल्याण्ड्सविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, १० ओभरमा छैटौं सफलता

काठमाडौं। त्रिदेशीय टी–२० सिरिज अन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नेदरल्याण्ड्सले १० ओभरमा छैटौं विकेट गुमाएको छ । नेपालका लागि करण केसी, प्रतिश जिसी र कुशल मल्ल तीनै जनाले आफ्ना ओभरमा २/२ विकेट लिएपछि नेपाल १० ओभरमा हावी भएको हो ।

कीर्तिपुरस्थित मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि फेरि नवौ ओभरमा प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट निकालेका हुन् ।करण केसीले माइकल लेभिटलाई  पहिलो ओभरको चौथो बलमा ४ रनमा क्याचआउट गराएका थिए ।

चौथो बलमा लेबिटलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराएपछि पहिलो ओभरको अन्तिम बलमै फेरि करणले साइब्रान्डलाई आशिफ शेखबाट क्याचआउट गराएर उत्कृष्ट शुरूआत दिलाएका थिए । ८.१ ओभरमा जिसीले स्कट एडवार्डलाई १८ रनमा बोल्ड गरेका हुन् । इडवार्डले २१ बलमा १८ रन बनाए । 

जिसीले ८.५ ओभरमा म्याक्स ओडाउडलाई पनि बोल्ड गर्न पुगे । आउट हुनु अघि म्याक्सले २४ बलमा ३१ रन बनाए ।९.५ ओभरमा फेरि कुशल मल्लले पनि विकेट लिएपछि नेदरल्याण्ड्स १० ओभरमा ६० रन जोड्दा ६ विकेट गुमाउने स्थितिमा पुगेको हो । अन्तिम बलमा पनि कुशलले आर्यन दत्ताको विकेट लिए ।

प्रतिक्रिया दिनुहोस