काठमाडौँ । रिटर्नी फेडेरेसन नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरूको सामाजिक, आर्थिक, राजनीतिक समायोजन र पुनर्स्थापनाका लागि क्रियाशील फेडेरेसनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
जसमा विदेशबाट फर्केकालाई व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न भनिएको छ । सातै प्रदेश, ६३ जिल्ला र २५४ पालिकामा आफ्नो सञ्जाल विस्तार गरेर रिटर्नीहरुको पहुँच विस्तार गरिरहेको फेडेरेसनले प्रधानमन्त्री समक्ष रिटर्नीहरुले गरेका उद्यमहरूलाई स्टार्टअप सपोर्ट उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । त्यस्तै, विभिन्न १६ बुँदामा रिटर्नीहरुले कसरी देशलाई योगदान गर्न सक्छन् र उनीहरूले आफ्नो र परिवारका लागि कसरी स्थापित हुन सक्छन् भन्ने माग र सुझावसहित फेडेरेसनले ज्ञापन पत्र बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशको स्वाधीनताको झण्डा झुक्न दिनु हुँदैन : प्रधानमन्त्री ओली
मौरीको संगत गर्नुस्, झिँगाले फोहोरको डंगुरमा पुर्याउँछ : प्रधानमन्त्री ओली
सहकारीसम्बन्धी अध्यादेशमा भएका प्रावधान परिमार्जन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
देशको अर्थतन्त्रमा राजनीतिक अस्थिरताले प्रतिकुल असर पारेको छ: प्रधानमन्त्री ओली
डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको महत्त्वपूर्ण विधा हो : प्रधानमन्त्री ओली