काठमाडौँ । चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग छलफल गर्न लागेका छन् ।
सोहीअनुसार ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग सुझाव लिने उद्देश्यले छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । विगतदेखि नै प्रधानमन्त्रीको विदेश भ्रमणअघि यसरी परामर्श हुने गरेको छ ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमणको तयारी गरेका छन् । तर, सरकारले अहिलेसम्म औपचारिक रुपमा मिति सार्वजनिक भने गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज चितवन जाँदै
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री