काठमाडौं। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती कर्मचारी अस्पतालमा रेडियोथेरापी सेवाको उद्घाटन गरेका छन् । मीनभवनस्थित अस्पतालमा थपिएको रेडियोथेरापी सेवाको मुख्यसचिव अर्यालले आइतबार उद्घाटन गरेका हुन् । विशिष्टकृत सेवा दिनका लागि अस्पतालले रेडियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो ।
मुख्यसचिव निजामती कर्मचारी अस्पाल विकास समितिको अध्यक्ष रहने व्यवस्था छ । विकास समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
यसैगरी, स्वास्थ्य क्षेत्रमा क्रियाशील वरिष्ठ चिकित्सकमध्येबाट सरकारले मनोनीत गरेका एक जना सदस्य र अस्पतालका कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । अस्पतालमा नयाँ सर्जिक भवनसहित हाल २४७ वटा शैय्या रहेका छन् ।
अस्पतालमा उपचार गर्दा निजामती सेवाका नायब सुब्बाभन्दा मुनिका कर्मचारीले ५० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीले ४० प्रतिशत छुट पाउँछन्। अस्पतालमा ४० प्रतिशत हाराहारी निजामती र ६० प्रतिशत हाराहारी सर्वसाधारण उपचार गर्न आउने अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारीतन्त्र खेलौनाजस्तो भएको छ : मुख्यसचिव अर्याल
निजामति सेवा सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल