काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुल्ने भएको छ । बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरु खुला रहने प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १६ : २०
लेखकबाट थप