बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले लुम्बिनी प्रदेश सरकारको अस्पताल विकास समिति खारेज गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गर्ने निर्णय गरेको थियो । एमालेले सरकार लाई उक्त निर्णय सच्याउन माग गरेको छ ।
राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले वर्तमान सरकारले अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको दलको ठहर छ ।एमालेका प्रमुख सचेत तुलसीप्रसाद चौधरीले बिहीवार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति गम्भीर असहमति प्रकट गरेका छन् ।
‘प्रदेशमा गर्नुपर्ने धेरै काम छन्, विकास निर्माणका काम अस्तव्यस्त छन्, त्यसतर्फ यो सरकारले ध्यान दिएको छैन । जनतामा निराशा र आक्रोस बढाउने गरि सरकार प्रस्तुत भइरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तर जनस्वास्थ्यको संवेदनशीलतासँग जोडिएको र स्वास्थ्यसँग सम्बन्धित अस्पताल विकास समितिहरूलाई नेतृत्वविहीन बनाउने र हतोत्साहित गराउने कदम कदापि स्वीकार्य छैन ।’
वर्तमान लुम्बिनी प्रदेश सरकारद्वारा ऐन, नियम, विधि पद्धति र विधानलाई थिचोमिचो पार्ने र अस्पतालहरूलाई अलपत्र पार्ने कोसिस भइरहेको एमालेले जनाएको छ । ‘यस्तो खालको गलत निर्णयप्रति हामी र हाम्रो दलको तर्फबाट भर्त्सना तथा खेद व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १२ : ५५
लेखकबाट थप