गोरखा । उत्तरी गोरखाको साम्दोमा लेक लागेर बिरामी परेका तीनको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
चुमनुव्री गाउँपालिका–१ साम्दोबाट लेक लागेर बिरामी परेका गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका वसन्त घिमिरे, चितवनको भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको हेलिकप्टरमार्फत उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।
बिरामीलाई एयर डाइनेष्टिको हेलिकप्टरमार्फत साम्दोबाट उद्धार गरी काठमाडौँ पुर्याइएको उनले बताए। लार्केपासका लागि गएका तीनै जनालाई साम्दोमा पुगेपछि लेक लागेको थियो। उद्धारका लागि हेलिकप्टर पुगेलगत्तै हिउँ परेपछि केहीसमय हेलिकप्टर उड्न समस्या परेको थियो।
गोरखाको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटर उचाइमा पर्दछ। उनीहरु बिरामी परेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको हो। बिरामीको उद्धारका लागि गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईं त्यहाँ पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यार्सा सङ्कलनमा गएका चार जनाको लेक लागेर मृत्यु
लेक लागेर दुई जनाको मृत्यु
लेक लागेर २४ वर्षीय युवकको मृत्यु
मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाको मृत्यु, भारतीय सबैभन्दा धेरै