मुगु । जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा टिप्न गएका दुई पुरुषको लेक लागेर मृत्यु भएको छ ।
छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा र कम्फा गाउँका २१ वर्षीय सोबान बुढाको यार्चा टिप्न ठूलो काइकी पाटन क्षेत्रमा जाँदा लेक लागेर शुक्रबार राति मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले बताए ।
जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार दुई जना ठूलो कोइकीमा लेक लागेर सिकिस्त बिरामी परेको र सुरक्षाकर्मी र अन्य यार्चा संकलकहरूले उद्धार गरी तल मुगु गाउँ तर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । यो पटक मुगुक कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा टिप्न जाँदा तीन जना यार्चा संकलकको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यार्सा सङ्कलनमा गएका चार जनाको लेक लागेर मृत्यु
लेक लागेर २४ वर्षीय युवकको मृत्यु
मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाको मृत्यु, भारतीय सबैभन्दा धेरै