काठमाडौं । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ ।
३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पति प्रभु साहले आम जनता पार्टी बनाएपछि मेयर साह पनि त्यही दलमा आवद्ध भइन् ।
साहले दल त्याग गरेको भन्दै एमालेले कारबाही गर्दै निर्वाचन आयोगलाई जानकारी गरायो । त्यही सूचनाका आधारमा आयोगको सोमबार बसेको बैठकले मेयर साह पदमुक्त भएको निर्णय गरेको छ ।
साहले भने आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएकाले प्रतिवादन गर्ने प्रतिक्रिया दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
खानेपानीको समस्या लिएर मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
प्रहरीले खोस्यो हर्कको गाग्री
काठमाडौँका पूर्वमेयर सिंहको निधन
ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित