सुर्खेत । भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । वेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।
उनि सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलमा भिरबाट लडेर करिव १५० मिटर तल खसी मृत अबस्थामा भेटिएको स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । उक्त खवर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।
उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
पाल्पामा एक पुरुष मृत फेला
सुकेधारामा पुरुष मृत फेला
चितवनमा एक पुरुषको शव फेला