विपिनको खोजीका लागि हमाससँग सम्बन्ध भएका मुलुकसँग सरकार छलफलमा छ : परराष्ट्रमन्त्री साउद

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, १५ : ४६
विपिनको खोजीका लागि हमाससँग सम्बन्ध भएका मुलुकसँग सरकार छलफलमा छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा सम्पर्कविहीन भएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको खोजीको लागि आक्रमणकारी समूह हमाससँग सम्बन्ध भएका मुलुकसँग छलफलमा रहेको बताएका छन् ।

सोमबार सुदूरपश्चिम पत्रकार समाजले आयोजता गरको दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा आयोजना गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले इजरायल विपिनको खोजीका लागि सरकारले आवश्यक सबै पहल अघि बढाइरहेको बताएका हुन् ।

‘हराएका विद्यार्थीका बारेमा इजरायल सरकार र इजरायल बाहेक हमाससँग सम्बन्ध भएका अन्य सरकारसँग पनि समन्वय गरेर खोजी गर्ने काम सरकारले गरिरहेको छ’, उनले भने, ‘उनको खोजीका लागि आवश्यक सम्पूर्ण पहल भइरहेको जानकारी गराउन चाहन्छु ।’

मन्त्री साउदले आइतबार मात्रै इजरायल सरकारले पाँचवटा शव हस्तान्तर गरिसकेको र ती शवलाई छिट्टै नेपाल पठाउने तयारी भइरहेको बताए । साथै, तेलअबिबस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार बाँकी विद्यार्थीको मेडिकल प्रत्रिया सम्पन्न भएपछि इजरायलले हस्तान्तरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस