काठमाडौं । अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ । पठाओ र इन्ड्राइभ सेवाका नाममा काठमाडौंको विभिन्न ठाउँबाट अनधिकृत रुपमा सर्वसाधारण ओसारपसार गर्ने ८३ जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
विगतमा केही आपराधिक घटनाहरुमा यस्ता सवारी साधनको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिमा पनि अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । उनले सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालका थप १७ शहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता शुरू