जनार्दनले अघि सारे राष्ट्रिय सहमतिको प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका छन् ।
शनिवार र आइतबार ललितपुर, काठमाडौँ र काभ्रेमा आयोजित विभिन्न कार्यक्रममा वाग्मती इन्चार्ज समेत रहेका शर्माले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका हुन् ।
काभ्रेको धुलिखेलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै शर्माले अस्थिरता देश विकासको प्रमुख बाधक रहेको बताए । ‘अहिलेको निर्वाचन प्रणाली एवं राजनीतिक कोर्स भित्रबाट कुनै पनि पार्टीको एकल बहुमतको सम्भावना नरहेकाले राष्ट्रिय सहमति दलहरू अघिको आवश्यकता बन्दै गएको छ’, उनले भने ।
शर्माले कोशी प्रदेशमा देखिएको राजनीतिक सङ्कटलाई स्मरण गर्दै भने, ‘कोशी प्रदेशमा अस्थिरताको जुन परिदृष्य देखिएको छ । त्यसले मुलुकलाई सही बाटोमा लैजाँदैन भन्ने स्पष्ट छ ।’
सङ्घीयता, समावेशी र गणतन्त्रका कमजोरीलाई सुधार गर्नुको साटो भित्रभित्रै संविधानले दिएका त्यस्ता महत्त्वपूर्ण अधिकारलाई अर्थहीन बनाउने गरी बहस सुरु गर्न खोजिएको भन्दै शर्माले पछाडि फर्कने छुट कसैलाई नभएको बताए ।
प्रदेश र स्थानीय तहलाई आवश्यक ऐन, कानुन र पर्याप्त अधिकार नदिएको प्रति पनि शर्माले असन्तुष्टि पोखे । तर, प्रदेशमा सानो आकारको मन्त्रिपरिषद्, थोरै स्थायी कर्मचारी र बाकी करार कर्मचारी नियुक्त गरेर चुस्त ढङ्गले सेवा प्रवाह हुनुपर्नेमा शर्माको जोड थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा