काठमाडौँ । शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७०२ जना पुरुष र १७९ जना महिला आरोहीले अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।
यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ सङ्कलन गरेको समेत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असोज २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त ऋतुमा हिमाल आरोहणको लागि ३६५ ले लिए अनुमति
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
हिमाल आरोहण अनुमति सुरु : २४ देशका आरोहीले पाए अनुमति
हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंगा गाउँपालिका
काला पत्थरजस्तो देखियो हिउँविहीन सिस्ने हिमाल
आरोहणका लागि थप ५७ वटा हिमाल खुलाउने प्रक्रिया अघि बढ्यो