एसियाली खेलकुद: पदक विजेता टोली स्वदेश आइपुग्यो

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १३ : १६
एसियाली खेलकुद: पदक विजेता टोली स्वदेश आइपुग्यो

काठमाडौं। १९औं एसियाली खेलकुद (एसियाड)मा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र अफिसियल टोली स्वदेश फर्किएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

 

 

एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।

 

यसपटक करातेकी एरिका गुरुङले रजत पदक र कबड्डी टोलीले कास्य पदक जितेको थियो । उनीहरूलाई नगरपरिक्रमा गराउने कार्यक्रम भने स्थगित भएको छ । मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेका कारण नगर परिक्रमा गराउने कार्यक्रम स्थगित गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस