काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको पनि उनले जनाएका छन् ।
पूर्वराजा शाहका तर्फबाट उनको संवाद सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नु पर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।’
आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजा शाहले प्रस्ट पारेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै