रामपुर । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भने,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ ।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो भने पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे। उनले भने, “देशको महत्त्पूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टी अहिले कांग्रेसको पहिचानभन्दा पनि कांग्रेसभित्र गुटको पहिचान रहेको छ । नेपाली समाजको पार्टी रहेको कांग्रेस प्रतिस्पर्धामा खुला ढङ्गले उत्रनुपर्छ ।
कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउँदै पार्टीमा योगदान गरेका ज्येष्ठ सदस्यलाई सम्मान, पार्टी सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टीले महत्त्वपूर्ण काम गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
आगामी वर्षदेखि उपचारमा चस्माको भ्याट र भन्सार लिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यमन्त्रीको आश्वासन : विशेष निर्णय गरेर गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिन्छ
नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छु : स्वास्थ्य मन्त्री पौडेल
कानुन कार्यान्वयनमा सरकार क्रियाशील छः प्रदीप पौडेल
तलब खुवाउन मन्त्रालयको मुख नताक्न वैद्यखानालाई मन्त्री पौडेलको आग्रह