बराह ज्वेलरी ईन्डष्ट्रिज धरानद्वारा तीन पत्रकार पुरस्कृत

बुधबार, ०६ भदौ २०७५, १४ : ००
बराह ज्वेलरी ईन्डष्ट्रिज धरानद्वारा तीन पत्रकार पुरस्कृत

सुनसरी । सुनसरीस्थित बराह ज्वेलरी ईन्डष्ट्रिज धरानले आफ्नो संस्थालाई पु¥याएको योगदानको कदर गर्दै तीन पत्रकारलाई पुरस्कृत गरेको छ । ज्वेलरीले आफ्नो संस्थाको २४ औं वार्षिकोत्सवको अवसर पारेर पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा इन्द्र बराह पत्रकारिता सम्मानबाट अग्रज पत्रकार गिरीराज आचार्य र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट निलिफा सुब्बा र रणध्वज लोहार छन् ।
‘नुनदेखि सुनसम्म’ भन्ने नारा बोकेर सफल रुपमा अगाडी बढिरहेको बराहले धरानको मुटु भानुचोकमा रहेको दुई वटा भवनबाट ग्राहकहरुलाई विभिन्न सेवा दिनुका साथै नेपालकै काठमाडौं, पोखरा र चितवन शाखाहरुबाट सेवा दिदै आएको छ । संस्थाले हङकङ, बेलायत र दुबईमा समेत आफ्ना साखाहरु विस्तार गरी ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

बराहले आफनै कारखानाका कालिगढहरुद्धारा निर्मित सुनका विभिन्न आकर्षक गरगहनाहरु विक्री वितरण गर्नुका साथै आकर्षक ब्याजदरमा बराह बचन तथा ऋण सहकारी, डिपार्टमेन स्टोर, यातायात, रेष्टुरेण्ट, कृषि, शिक्षा, संगीत, पशुपालन लगायतका क्षेत्रमा समेत लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस