काठमाडौ । काठमाडौंमा एक जना पुरूषको अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काभ्रे तेमाल गाउँपालिका-७ घर भई भक्तपुरको राधेराधे बस्ने २५ वर्षीय देवसिंह लामाको अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
उनलाई सोमबार अपराह्न ५ बजे भक्तपुरको मध्यपुर ठिमीबाट अपहरण गरी काठमाडौंको गोंगबुस्थित द बर्गर हाउसमा बन्धक बनाइएको थियो।
प्रहरीलाई राति ८ बजे बन्धक बनाएको भन्ने खबर आएको थियो। उक्त खबरपछि परिसरबाट प्रहरी निरीक्षक राजन ढकालको कमान्डमा टोली खटिएको थियो।
उक्त टोलीले त्यही बेला लामाको उद्धार गरी उनको परिवारको जिम्मा लगाएको एसपी ढुंगेलले बताए। देवसिंहलाई सुरूमा भक्तपुरमा मोटरसाइकलमा राखेर लगिएको थियो। तर पछि ट्याक्सीमा हालेर नयाँ बसपार्क पुर्याएर कुटपिट गरेका थिए। कुटपिट भइरहेको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप
पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या