अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०८१, १२ : ३२
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार

काठमाडौँ  । अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक महिला प्रकाउ परेकी छिन् । पोखराबाट अमेरिकी महिलाको अपहरण गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका(४ घर भएकी ३७ वर्षीया सरिता लामालाई प्रकाउ गरेको हो ।

७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन् । पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप छ । पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ परेकी परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस