काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजधानीका मुख्य सडकको खाल्डाखुल्डी दशैंअगावै पुरिसक्ने बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बुधवार बोल्दै मन्त्री आफ्नो मन्त्रालयअन्तर्गत पर्ने सडकको खाल्डाखुल्डी दशैंअगाडि नै पुर्ने बताएका हुन् ।
मन्त्री ज्वालालाई एक सांसदले सडकको दुरावस्थाबारे प्रश्न गरेका थिए ।
मंगलवार निर्माणाधीन संसद् भवनको स्थलगत निरीक्षण गरेको पूर्वाधार विकास समितिले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बोलाएर सडक तथा पूर्वाधारका विषयमा छलफल गरेको हो ।समितिले आजै ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर, कालिमाटीमा निर्माण सम्पन्न भएर अलपत्र पुललगायतको स्थलगत निरीक्षण गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको गाडीमा आगजनीपछि ललितपुरको बालकुमारी सडकखण्ड अवरुद्ध
मलाई छोडेर गाडी सिंहदरबार फर्किने बेला आगो लगाएछन् : मन्त्री ज्वाला