एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १० : ५७
एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

काठमाडौं । नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो । 

आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो ।  एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।
 

प्रतिक्रिया दिनुहोस