चितवनमा चेम्बरको शाखा

मंगलबार, ०५ भदौ २०७५, १७ : ११
चितवनमा चेम्बरको शाखा

चितवन । नेपाल चेम्बर अफ कमर्शको चितवन शाखा गठन भएको छ । सो शाखा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको छ ।

तदर्थ शाखाका अध्यक्ष दिर्घमान श्रेष्ठका अनुसार १७ सदस्यीय समितिको उपाध्यक्षमा गोपाल भट्टराई, महासचिवमा बालकुमार श्रेष्ठ, सचिवमा मनोज विष्ट र कोषाध्यक्षमा निर्मला पण्डित रहनुभएको छ । केन्द्रले जिल्ला जिल्लामा शाखा गठनको प्रक्रिया शुरु गरेसँगै चितवनमा कमर्शको ६६ औं शाखा स्थापना गरेको हो । २००७ सालमा केन्द्रमा स्थापना भएको यस संस्थाले उद्योगी व्यवसायीको हितमा काम गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस