काठमाडौं । तेक्वान्दो खेलाडी सन्दीपा अम्गाईंले अमेरिकामा भएका दुई प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्। उनले नर्थ क्यारोलिनाको स्मिथफिल्डमा भएको २३औं ग्लोबल ओपन कुकिवान कपको १८ देखि ३० वर्ष उमेर समूहको ‘पावर ब्रेकिङ टर्निङ ब्याक किक’मा स्वर्ण पदक जितेकी हुन्।
सन्दीपाले विभिन्न राष्ट्रका ६ सय ९८ खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। सोही प्रतियोगिताका दौरान आयोजना भएको ‘ट्रेडिसनल तेक्वान्दो’ र ‘स्कुल म्यानेजमेन्ट’ सेमिनारमा सहभागी भएकी थिइन्।
यसैगरी अमेरिकामै भएको ‘फ्रेस्टिभ ट्रेडिसनल पुम्से च्याम्पियनसिप’मा पनि सन्दीपाले स्वर्ण पदक जितेकी हुन्। १८ देखि ३० वर्षको व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितेकी हुन्। च्याम्पियनसिपको कुकिवानका अध्यक्ष ग्रान्डमास्टर लि दोङ सुपले उद्घाटन गरेका थिए।
पछिल्लो समय अमेरिकामा रहेकी सन्दीपा केही समयअघि आयोजना भएको हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपमा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेकी थिइन्। उनी चार सयभन्दा बढी खेलाडी सहभागी उक्त च्याम्पियनसिपमा सन्दीपा उत्कृष्ट रेफ्रीजर्ज घोषित भएकी थिइन्।
जापानमा अध्ययनरत सन्दीपा गत जुलाईमा अस्ट्रेलिया पुगेकी थिइन्। अस्ट्रेलियामा भएको ‘ओसिनिया जीटु र्याङकिङ च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पलेशा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने