हिरा किन्दै हुनुहुन्छ ? ख्याल गर्नुस् यी पाँच ‘क’

मंगलबार, ०५ भदौ २०७५, १२ : ०१
हिरा किन्दै हुनुहुन्छ ? ख्याल गर्नुस् यी पाँच ‘क’

हिरा किन्ने साेच्दै हुनुहुन्छ ? तर, कस्ताे हिरा किन्ने र सक्कली हिरा कसरी चिन्ने भन्ने कुराले समस्या परिरहेकाे हुनसक्छ ।

खासमा अत्यन्त मह‌ङ्गाे पर्ने भएकाले पनि हिरा किन्नुभन्दा पहिले यसबारे साेचविचार पुर्याउन अावश्यक हुन्छ । अहिलेसम्म हिराकाे सक्कलीपना मापन गर्न एउटा निश्चित तरिका अपनाउन सकिएकाे पनि छैन ।

किनकि विश्वमा मानिसहरुकाे अाैंठाछापजस्तै हिरा पनि फरकफरक हुन्छन् ।

तर, यसकाे अर्थ हाेइन, सक्कली हिरा चिन्नै सकिँदैन ।

सक्कली हिरा चिन्नका लागि यी पाँच ‘क’काे ख्याल चाहिँ गर्नु पर्ने हुन्छ:

कट

हिरा कसरी काटिएकाे छ भन्ने कुरा नै ख्याल गर्नुपर्ने एउटा कुरा हाे । हिरा तीन प्रकारमा काटिएकाे हुन्छ । प्रपाेसनल, स्यालाे तथा डिप । अर्थात्, समानुपातिक ढंगमा, गहिराइमा र सतहमा । जुन हिराकाे कट प्रपाेसनल हाे, त्याे नै सबैभन्दा महंगाे पर्छ । तर, यसकाे अाकार भने भिन्नभिन्न हुन्छ ।

कलर

हिरा किन्नुभन्दा पहिले यसकाे रंगबारे पनि अावश्यक जानकारी लिनु जरुरी छ । हिराकाे खासै कुनै रंग हुँदैन । याे रंगहीन भए पनि थाेरै पहेँलाेजस्ताे चाहिँ देखिन सक्छ । जुन हिराकाे रंग अत्यन्त फिका हुन्छ, त्यसलाई नै सबैभन्दा राम्राे हिरा मानिन्छ । यसकाे अर्थ हिरा लिँदा कुनै पनि रंग भएकाे छान्नु पर्ने हुन्छ । हिराकाे रंगका लागि फरकफरक ग्रेड दिइएकाे हुन्छ ।

क्लारिटी

हिरा किन्ने मान्छेले ख्याल गर्नु पर्ने कुरा हाे- हिरा कतिकाे सफा छ । यसबाट प्रस्ट देखिन्छ या देखिँदैन भन्ने ख्याल गरेर हिरा किन्दा ठगिने सम्भावना कम हुन्छ । जति हिरा सफा हुन्छ, त्यति नै त्यसलाई राम्राे मानिन्छ ।

क्यारेट

क्यारेट ताैलकाे अर्थ हाे हिराकाे ताैल । अन्दाजका रुपमा के मान्न सकिन्छ भने ५ क्यारेटकाे एक ग्राम बन्छ । १ क्यारेटलाई सय पाेइन्ट्समा बाँडिएकाे हुन्छ । यसबारे तपाईंले हिरा किन्ने पसललाई दिइएकाे सर्टिफिकेटलाई अाधार बनाउन सकिन्छ । बरु ख्याल के गर्नुपर्छ भने त्याे पसलले पाएकाे सर्टिफिकेट सक्कली हाे या हाेइन ?

प्रतिक्रिया दिनुहोस