काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। त्यसअघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
यसअघि पटक(पटक सर्दै आएको राष्ट्रियसभाको बैठक भने असोज १८ गते बिहीबारका लागि तोकिएको छ। सरकारले संसद्लाई बिजनेस दिन नसक्दा बैठक बस्न नसकेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ करिब दुई साता विदेश भ्रमणमा गएकाले बैठक राखिएको थिएन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौँ : राप्रपा
प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध
कांग्रेस र राप्रपाद्वारा संसद् अवरुद्ध
चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक बस्ने