काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।
बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेल समेत भएय्को थियो । सांसदहरुबीच धकेला धकेल हुदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।
नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ । यसअघि पटक पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।
संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौँ : राप्रपा
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध