काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद अशिम शाहले उक्त विषयमा आवाज उठाएका हुन् ।
‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन। पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन्‚’ उनले भने । सांसद शाहले मन्त्रीहरूले कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने सोच राखेको छ भन्दै प्रश्न गरे ।
‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त ? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस्‚’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पलायन भएका खेलाडी फर्काउने तयारी के हुँदै छ : अशिम शाह
अशिम शाहको प्रश्न- स्मार्ट लाइसेन्सको नाममा कसले ‘स्मार्ट चलखेल’ गर्दैछ ?