काठमाडौँ । १४ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवधि पुगेका, माग गरेका तथा सहमतिका आधार ती उपसचिवहरूको सरुवा गरेको हो ।
बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य चापागाईँलाई मकवानपुर, कमल कार्की इश्वरपुर नगरपालिका सर्लाहीबाट हरिपुर नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृत, घोडाघोडी नगरपालिका कैलालीका दीपक आचार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम र ऋषि सिटौला विदुर नगरपालिकाबाट बरहथवा नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ ।
यसैगरी लिलाराज पौडेल लुम्बिनी प्रदेशबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नवराज पौडेल राष्ट्रिय योजना आयोगबाट मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश, मुकेश रेग्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालय, सन्तोष दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट राष्ट्रिय सूचना आयोग, लक्ष्मी प्रसाद रेग्मी प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गृह मन्त्रालय र वासुदेव रेग्मी वन मन्त्रालयबाट वित्त आयोगमा सरुवा भएका छन् ।
त्यस्तै पुष्कर खड्का गृह मन्त्रालय वा अन्तरगतबाट प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिम प्रदेश, गीता घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, टिकाराम ढकाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, दीपक आचार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(घोडाघोडीमा कामकाज)बाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा सरुवा भएको छ ।
निकै विवादित बन्ने गरेको कर्मचारी सरुवा पछिल्लो समय केही मत्थर भएको देखिन्छ । मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले बिचौलिया र अनावश्यक हस्तक्षेपमा कर्मचारी चलाउन नहुने भन्दै समयावधि पुगेका तथा चलाउनै पर्ने कर्मचारीलाई मात्र सरुवा गर्ने अडानसँगै माछा बजार जस्तो बन्ने गरेको मन्त्रालयमा भिडभाडसमेत नियन्त्रणमा आएको छ । यद्यपि मन्त्री सचिवालय तथा तलका कर्मचारीहरूबाट हुन खोज्ने चलखेल तथा हस्तक्षेप पूर्णरुपमा निस्तेज र बन्देज भने नभई सकेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।
अनावश्यक भिडले कर्मचारीलाई कामै गर्न सकस तथा आक्रमणसमेतको जोखिमलाई मध्यनजर गर्दै केही समय अघि देखि बाहिरबाट आउने कर्मचारीहरूको रेकर्ड सिष्टम शुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३० उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस
१२ सिडिओसहित ३६ उपसचिवको सरुवा
उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक
चार सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन
२२ उपसचिवको सरुवा, को-कहाँ ?