उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०५ असार २०८१, ०७ : ५६
उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । लोकसेवा आयोगले उपसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

उत्तीर्ण उम्मेदवारलाई आयोगले ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्ताका लागि बोलाएको छ । छनौटमा परेका उम्मेदवारले आवश्यक कागजातसहित ७ दिनभित्र आयोगबाट रुजु गराउनुपर्नेछ ।

त्यसपछि तोकिएको मितिमा  ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्तामा सहभागी हुनुपर्ने सूचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस