काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फुटपाथ व्यवसायीको पक्षमा गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।सात दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहअगाडि लगातार उभिइरहेका ‘ई’को अभियानमा मंगलवार त्यहाँ पुगेरै महरले ऐक्यबद्धता जनाएका हुन् ।
अभियान्ता ‘ई’सँग भेट्दै नेता महरले फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्रसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।
उनले आफू आबद्ध पार्टी कांग्रेसले पनि गम्भीरता पूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमी लिने बताए ।‘ई’लाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेता–कार्यकर्तादेखि अभियानकर्मीसम्म सभागृह पुग्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ : नैनसिंह महर
नेपाल–भारतको ‘दुई देश एक संस्कृति’ लाई थप बलियो बनाउनुपर्छ : नैनसिंह महर
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न नैनसिंह महरको माग
एमाले-रास्वपाकै नेता सहकारी ठगीमा संलग्न रहेकाले छानबिन समिति गठन गर्न दिएनन् : नेता महर
पार्टी पदाधिकारीका कारण भ्रातृ संस्थाभित्र अन्यौलता देखियो : नैनसिंह महर