काठमाडौ । गत वर्ष घट्दो व्रmममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो ।
विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो व्रmममा थियो ।
साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ । विभागका अनुसार भदौसम्म नेपालले दुई खर्ब ५९ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ ।
गत भदौको तुलनामा यो ५.०६ प्रतिशतले कम हो । समीक्षा अवधिमा सबैभन्दा धेरै १४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात डिजेल आयात भएको छ ।
त्यसपछि ११ अर्ब ३० करोड रुपियाँको पेट्रोल, सात अर्ब ३२ करोड रुपियाँको एलपी ग्यास, सात अर्ब तीन करोड रुपियाँको फलामजन्य वस्तुको आयात भएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ असोज २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जबाट धान चामल आयात बढ्यो
चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोडको आयात
बढ्यो पेट्रोल, ग्यास र हवाई इन्धनको आयात
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
स्वदेशी सामानहरुको उपयोग गरौं, व्यापार घाटौ घटाऔं
वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो