कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा सुरु

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १४ : ३८
कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा सुरु

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।

काँग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । यसैबीच बैठकअघि कांग्रेसले ८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ। 

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही),  शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् । 

प्रतिक्रिया दिनुहोस