काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच छलफल भएको छ । आन्दोलनरत शिक्षकहरूले शान्ति सुरक्षाको विषयमा बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् ।
आन्दोलनको पहिलो दिन केही असामान्य परिस्थिति बनेपछि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा गृहमन्त्रीसँग छलफल भएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । गृहमन्त्री श्रेष्ठसँग भएको भएको छलफलमा आन्दोलनलाई शान्तिपूर्ण बनाउनेमा जोड दिइएको उनले बताए ।
उनले सरकारसँग वार्ता भएको भन्दै प्रचार गरिएकोमा असन्तुष्टि जनाए । 'बाहिर वार्ता भनेर हल्ला फिजाइएको छ,' उनले भने, 'वार्ता होइन आन्दोलनलाई शान्तिपूर्ण बनाउने विषयमा कुराकानी भएको हो । आन्दोलन शान्तिपूर्ण रूपमा गर्ने कुरा भएको छ ।'
छलफलमा गृहमन्त्री श्रेष्ठले आन्दोलनका कार्यक्रम स्थगित गरेर सम्वादबाट समस्याको समाधान खोज्न आग्रह गरेका थिए । शिक्षकका प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका थिए ।
संसद्मा दर्ता शिक्षासम्बन्धी शिक्षा विधेयकप्रति असहमति जनाउँदै नेपाल राष्ट्रिय शिक्षक महासंघले विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ । देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन
सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित
कर वृद्धि विरोधमा आन्दोलनमा उत्रिए हेटौंडाका व्यवसायी
माग सम्बोधन नभएपछि कृषिका कर्मचारीहरू फेरि आन्दोलनमा
सभामुख र राष्ट्रिय सभा अध्यक्ष बिच कर्मचारीको आन्दोलनबारे छलफल
बजेटमा असन्तुष्टि जनाउँदै देशभरका स्थानीय निकायहरू आन्दोलनमा