बाँके र बर्दियालाई कर्णालीमा समावेश गरिनुपर्छ: यामलाल कँडेल

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, १५ : २९
बाँके र बर्दियालाई कर्णालीमा समावेश गरिनुपर्छ: यामलाल कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन् ।बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनले हाल लुम्बिनी प्रदेशमा रहेका साबिक मध्यपश्चिमका दुई जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा ल्याउनुपर्ने बताएका हुन्।

कँडेलले संवैधानिक प्रक्रिया पुरा गरेर बाँके, बर्दियालाई कर्णालीमा जोड्नुपर्ने बताए । यसअघि प्रदेश स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि पनि यो कुरा उठाइएकाे थियाे ।

 

कँडेलले भने,‘ संविधान जारी गर्दा नै कर्णालीले रगत बगाएर प्राप्त प्रदेश हो, भौगोलिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा बाँके र बर्दिया कर्णालीसँग जोडिएका छन् । यदि ती जिल्लालाई समेटेर बनाइएको खण्डमा कर्णाली उत्कृष्ट प्रदेश बन्ने छ ।’समझदारी पूर्वक उक्त प्रयासको थालनी गरिनुपर्ने उनको भनाइ छ ।