काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छिन् । ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उहाँले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताइन् ।
‘देश बनाउने जिम्मा नयाँ पिँढीको हो’, पूर्वमन्त्री भुसालले भनिन्, ‘नेपालमा केही भएन भन्दै बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन ।’ देश बनाउन पढेलेखेका व्यक्तिले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेतृ भुसालले ललितपुरको एम्स कलेजमा प्राध्यापन गरी विद्यावारिधि उपाधि हासिल गरेका डा दीपक अधिकारी र सिद्धार्थ ढुङ्गानालाई पदक प्रदान गरेका थिए । सो अवसरमा सात शिक्षक र उत्कृष्ट अंक ल्याउने चार विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, २१ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : पम्फा भुसाल
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल