अमेरिकी राष्ट्रपतिको उम्मेदवारले भने- ‘७५ प्रतिशत कर्मचारी कटौती गर्छु'

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, १३ : २६
अमेरिकी राष्ट्रपतिको उम्मेदवारले भने- ‘७५ प्रतिशत कर्मचारी कटौती गर्छु'

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दौडमा रहेका भारतीय मूलका विवेक रामास्वामीले सन् २०२४ को चुनावमा आफू सफल भएमा ७५ प्रतिशतभन्दा बढी संघीय सरकारी कर्मचारीलाई बर्खास्त गर्ने बताएका छन् ।

अमेरिकी अर्थतन्त्रलाई भार पर्ने धेरै कार्यालयलाई पनि बन्द गर्ने घोषणा गरेका हुन, जसमा  एफबीआई जस्ता प्रमुख एजेन्सीहरू पनि बन्द गरिनेछ । उनका अनुसार शिक्षा विभाग, एफबीआई, मदिरा ब्यूरो, तंबाकू, हतियार र विस्फोटक पदार्थ, आणविक नियामक आयोग, आन्तरिक राजस्व सेवा, आईआरएस र वाणिज्य विभागहरु खारेज गरिनेछ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका शीर्ष प्रतिद्वन्द्वी फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पनि यही कुरा भनेका छन्। अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई दिएको अन्तर्वार्तामा रामास्वामीले सोही कुरालाइ चुनावी अजेन्डा बनाएका छन् ।

एक्सियोसका अनुसार रामास्वामीले चार वर्षभित्र आफ्ना २२ लाख कर्मचारीमध्ये ७५ प्रतिशतलाई हटाउने लक्ष्य राखेको बताएका छन्। अगस्ट २३ मा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक बहस अघि रामास्वामीको साे भनाइले धेरैकाे ध्यानाकर्षण भएको छ।

न्यूयोर्क टाइम्सका अनुसार संघीय सरकारमा करिब २२ लाख ५० हजार मानिस कार्यरत छन् । त्यसमध्ये ७५ प्रतिशत हटाइएमा १६ लाखभन्दा बढीले रोजगारी गुमाउने छन् र संघीय बजेटमा अर्बौं डलर बचत हुनेछ । तर, आलोचकहरुले राधास्वामीको सो घोषणा कार्यान्वयन भएमा सरकारका धेरै महत्त्वपूर्ण कामहरू ठप्प हुने छन् ।

प्रतिक्रिया दिनुहोस