सर्लाही। सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।
सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।
यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद
सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा
सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत