काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ । सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
अन्य व्यक्तिहरु पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।
रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
वृद्धभत्ता खान श्रीमतीको उमेर बढाउने वडाध्यक्षलाई ९ महिना कैद हुने
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन