काठमाडौं। कांग्रेस नेता डा. शेखर कोइरालाले ठूलो दलको रुपमा कांग्रेसले सरकारको नेतृत्व लिन सक्ने हो कि होइन भनेर प्रश्न गरेका छन् ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आफूहरूको हो कि होइन भन्ने प्रश्न उठेको भन्दै ठूलो दलको रुपमा कांग्रेस हकदार रहेको बताएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा कोइरालाले कांग्रेस सरकारमा भए पनि प्रधानमन्त्री मात्रै हाबी एको भन्दै प्रश्न गरेका हुन् । ‘हामी सरकारमा छौं । मन्त्री पनि छौं । ९० जना त सांसद नै छौं ।
तर पनि सरकार हाम्रो हो भन्ने महसुस भइरहेको छैन’ शेखरले भने, ‘संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने हो । तर न हाम्रा मन्त्रीको कुरा सुनिएको छ । न कांग्रेसले लिएका मन्त्रालयको कर्मचारीको नै समस्या सुनिएको छ । ठूलो दलको रुपमा कांग्रेसले सरकारको नेतृत्व लिन सक्ने हो कि होइन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला बेलायत जाँदै, संसद् भवनभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने
सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : शेखर कोइराला
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
अस्थिरताका कारण देशमा संकटको खतरा बढेपछि कांग्रेस-एमाले मिल्नुपर्यो : डा. कोइराला
बाढीपहिरो पीडितका पक्षमा प्रभावकारी काम गर्न शेखरकाे माग
कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला