प्रधानमन्त्रीको चीन भ्रमणमा नाकालाई सहज बनाउने विषयमा छलफल हुन्छ : परराष्ट्रमन्त्री साउद

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १२ : ३९
प्रधानमन्त्रीको चीन भ्रमणमा नाकालाई सहज बनाउने विषयमा छलफल हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन् ।

सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा मन्त्री साउदले व्यापार घाटा कम गर्न निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल हुने बताए । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला प्रतिवद्धता गरेका अनुदानका राशिहरुको लागि योजना छुट्याउने गृहकार्यमा गरिरहेको साउदले बताए ।

भ्रमणमा नेपाल–चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने उनले जानकारी दिए । ‘सिजनल नाकाहरुलाई पनि सहज बनाएर सीमा क्षेत्रको जीवन उपयोगी बनाउन चाहन्छौं,’ मन्त्री साउदले भने ।

प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत् आयोजना, प्रसारण लाइन, कृषि क्षेत्र, सडक पूर्वाधार लगायतमा नेपालका छलफलका एजेण्डा भएको साउदले बताए ।

प्रतिक्रिया दिनुहोस